मंगलबार, भदौ १६, २०८३

नेकपाको विवादबारे राष्ट्रपति र दाहालबीच छलफल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवादबारे राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ। 
 |  मंगलबार, मंसिर २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २, २०७७

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवादबारे राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ। 

मंगलबार साँझ दाहाल र राष्ट्रपतिबीच शीतल निवासमा करिब २ घन्टा छलफल भएको हो। 

दाहाल निकट स्रोतले भन्यो, ‘राष्ट्रपतिले चासो राखेपछि पार्टीमा देखिएको समस्या र समाधानका विषयमा छलफल भएको हो।’

स्रोतले उल्लेख गरेअनुसार राष्ट्रपतिले दाहाललाई पार्टीमा देखिएको विवाद समाधान गरेर अघि बढ्न आग्रह गरेकी छन्।  

पार्टीभित्र देखिएको विवाद चरम उत्कर्षमा पुगेका बेला राष्ट्रपति र दाहालबीच भएको भेटवार्तालाई महत्वका साथ हेरिएको छ। 

नेकपाभित्रको विवाद समाधानमा सक्रियता देखाउँदै आइरहेकी राष्ट्रपति भण्डारीले केही दिनअघि उपाध्यक्ष वामदेव गौतमसँग पनि छलफल गरेकी थिइन्।

यसअघि शनिबार प्रधानमन्त्री केपी शर्मा ओली पनि राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका थिए। 
 

प्रकाशित: Nov 17, 2020| 15:23 मंगलबार, मंसिर २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।