मंगलबार, भदौ १६, २०८३

शरीर जोडिएका दुई शिशु जन्मिए

धौलागिरि अस्पतालमा पर्वतकी एक महिलाले शरीर जोडिएका दुई शिशु जन्माएकी छन्। 
 |  मंगलबार, मंसिर २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २, २०७७

बागलुङ-  प्रसूति व्यथाले च्यापेको लामो समयपछि धौलागिरि अस्पताल पुगेकी पर्वतकी एक महिलाले शरीर जोडिएका दुई शिशुलाई जन्माएकी छन्। 

पर्वतको फलेवास नगरपालिका–२ कुर्घाकी २८ वर्षीया महिलाले धौलागिरि अस्पतालमा मंगलबार शरीर जोडिएका शिशुलाई जन्म दिएकी हुन्। 

प्रसूति व्यथा लागेपछि महाशिला गाउँपालिकाको लुंखुदेउरालीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र पुगेकी उनलाई पर्वत अस्पताल पठाइएको थियो।

पर्वत अस्पताल कुश्माले समेत अवस्था गम्भीर रहेको भन्दै उहाँलाई धौलागिरि अस्पताल बागलुङमा पठाएको थियो। “उहाँ सोमबार साँझ अस्पताल आउनुभएको हो”, अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले भने,  “आज बिहान शिशु जन्मिएका हुन्।”

शल्यक्रियाका लागि जोखिमपूर्ण अवस्था रहेको भन्दै चिकित्सकहरुका बीचमा छलफल चलिरहेकै बेला उनले शिशु जन्माएकी गौतमको भनाइ छ। 

“शरीर जोडिएको शिशु जन्मिए, अवस्था गम्भीर थियो”, “चिकित्सकलाई उल्लेख गर्दै गौतमले भनिन्,  “गर्भ जाँच नगराएको जस्तो लाग्यो, जाँच गरेको भए असामान्य अवस्थामा शिशु रहेको थाहा हुन्थ्यो ।”

शरीर जोडिएर जन्मिएका शिशुलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ। आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको गौतमले बताइन्। रासस

प्रकाशित: Nov 17, 2020| 13:51 मंगलबार, मंसिर २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।