मंगलबार, भदौ १६, २०८३

घरायसी विवादमा पत्नीको हत्या

जिल्लाको परशुराम नगरपालिका–७, साँदनीका ४५ वर्षीय करन पुनमगरले ४० वर्षीया पत्नी पार्वती पुनमगरको हत्या गरेका हुन्।
 |  मंगलबार, मंसिर २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २, २०७७

धनगढी-  डडेल्धुरामा पतिले पत्नीको हत्या गरेका छन्। जिल्लाको परशुराम नगरपालिका–७, साँदनीका ४५ वर्षीय करन पुनमगरले ४० वर्षीया पत्नी पार्वती पुनमगरको हत्या गरेका हुन्।

सोमबार माइतबाट दाजुभाइलाई टीका लगाएर घर फर्केकी पार्वतीलाई घरायसी सामान्य विवादमा पतिले कुटपिट गरेका थिए। 

अत्यधिक मदिरा सेवन गरेका करनले कुटपिटका क्रममा घरको भित्तामा टाउको ठोक्किएर पार्वतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताए।

पत्नीको हत्यामा संलग्न पुन मगरलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नेपालले बताए।

उनले भने, ‘शव पोस्टमार्टमका लागि जोगबुडा अस्पताल पुगाइएको र घटनासम्बन्धी अनुसन्धान भइरहेको छ।’

प्रकाशित: Nov 17, 2020| 11:22 मंगलबार, मंसिर २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।