मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा विवाद : सचिवालय बैठक राख्न/रोक्न दुवै पक्ष सक्रिय

नेकपा विवाद : सचिवालय बैठक राख्न/रोक्न दुवै पक्ष सक्रिय

सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीमा गहिरिँदै गएको संकटसँग जुध्ने थप रणनीति बनाउन आफू निकट नेताहरूसँग छलफलमा जुटेका छन्। 
 |  मंगलबार, मंसिर २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २, २०७७

काठमाडौं- सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीमा गहिरिँदै गएको संकटसँग जुध्ने थप रणनीति बनाउन आफू निकट नेताहरूसँग छलफलमा जुटेका छन्। 

ओली अहिले आफ्नो निवास बालुवाटारमा उपप्रधानमन्त्री तथा सचिवालय सदस्य ईश्वर पोखरेल, अर्थमन्त्री तथा पार्टी महासचिव विष्णु पौडेल, पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङ, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र आफ्नो सचिवालयका सदस्यहरुसँग छलफलमा रहेको बालुवाटार स्रोतले बताएको छ। 

आगामी शुक्रबारका लागि बोलाइएको सचिवालय बैठक नरोक्ने दाहालले अडान लिएपछि ओली गहन छलफलमा जुटेका बताइएको छ।

बैठक सार्न भन्दै महासचिव विष्णु पौडेल कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न बिहान उनको निवास खुमलटार पुगेका थिए।

ओली पक्ष दाहालले शुक्रबारको बैठकमा पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता नलिए बैठक नबस्ने अडानमा छन्।

ओली पक्ष बैठक रोक्न र दाहाल नेपाल पक्ष जसरी बैठक बसाल्ने अडानका बीच नेकपाभित्रको विवादले झनै चर्को रुप लिने देखिएको छ।

प्रकाशित: Nov 17, 2020| 09:56 मंगलबार, मंसिर २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।