पर्सा– कोरोना भाइरसले पर्सामा एक महिलाको मृत्यु भएको छ।
वीरगन्जको नेशनल मेडिकल कलेजद्वारा सञ्चालित बाबा होटल कोभिड उपचार केन्द्रमा उपचाररत ६४ वर्षीय महिलाको कोरोना संक्रमणले मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १५ निवासी ती महिलामा स्वास्थ्यमा समस्या आएपछि आइतबार नारायणी अस्पतालमा भर्ना गरिएको थियो। भर्नाको क्रममा जिन एक्पर्ट प्रविधिबाट परीक्षण गर्दा आइतबार नै कोरोना पुष्टि भएको थियो ।
पर्सामा संक्रमित महिलाको मृत्यु
रिपोर्ट पोजेटिभ आएपछि उनलाई बाबा होटल कोभिड उपचार केन्द्रको आइसियूमा राखेर उपचार गरिएको थियो । तर उपचारकै क्रममा उनको सोमबार राती मृत्यु भएको अस्पतालले जनाएको छ ।
पर्सामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।