मंगलबार, भदौ १६, २०८३

सवारी साधन रोकेर रकम असुल्ने ६ युवा पक्राउ

पूर्वपश्चिम राजमार्गमा सवारी साधन रोकेर रकम मागेको अभियोगमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले छ युवालाई नियन्त्रणमा लिएको छ । 
 |  मंगलबार, मंसिर २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २, २०७७

नवलपरासी- पूर्वपश्चिम राजमार्गमा सवारी साधन रोकेर रकम मागेको अभियोगमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले छ युवालाई नियन्त्रणमा लिएको छ । 

पक्राउ पर्नेमा बर्दघाट–४ का २४ वर्षीय कमल राना र मनिष कुँवर, २३ वर्षीय सञ्जय सुनार, २९ वर्षीय सुजनमान श्रेष्ठ, ३१ वर्षीय निर्मल खरेल र ३० वर्षीय सुजन तिमिल्सिना रहेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए । 

बर्दघाट नगरपालिका–४ स्थित राजमार्गमा समूहमा रहेका युवाले गाडी रोकेर जबर्जस्ती रकम असुली गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । 

सो समूहले लमजुङबाट रुपन्देहीको खैरेनीतर्फ कुखुरा लिएर आउँदै गरेको प्रदेश ०३-००१ च ०२२० नम्बरको जिपलाई रोकी भेटेरेनरी बिल देखाउन भन्दै गाडीको साँचो खोसेर रकम माग गरेको थियो । साथै गाडीमा रहेका केही कुखुरामा क्षति पुर्‍याइएको प्रहरीले जनाएको छ ।  

 

प्रकाशित: Nov 17, 2020| 07:00 मंगलबार, मंसिर २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।