काठमाडौँ- काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज पनि खुला राखिएको छ ।
नेवार समुदायका केही समूहले आज (मंगलबार) भाइटीका लगाउने भएपछि बालगोपालेश्वर मन्दिर खुला गरिएको हो । हिजो पनि भाइटिका लगाउनका लागि यो मन्दिर खुला राखिएको थियो ।
दिदी बहिनी नहुने दाजुभाइले बालगोपालेश्वर मन्दिरमा पुगेर पूजाआजा गरी टीका लगाउने प्रचलन रहेको छ । त्यसैले बालगोपालेश्वर मन्दिर भाइटीकाको दिनमा मात्र खोल्ने गरिन्छ ।
यसपटक सोमबार र मंगलबार टीका लगाउने भएपछि मन्दिरलाई दुई दिन नै खुल्ला गरिएको हो । मंगलबार बिहान पनि केही समय द्वितीय तिथि रहेकाले नेवार समूदायका केही समूहले आज भाइटीका लगाउने भएका हुन् ।
नेवार समुदायको भाइटीका (किजा पूजा) का लागि सरकारले आज पनि देशभर सार्वजनिक बिदा दिएको छ ।