मंगलबार, भदौ १६, २०८३

नेकपा अध्यक्ष दाहाल र महासचिव पौडेलबीच भेटवार्ता 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएको छ।
 |  मंगलबार, मंसिर २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २, २०७७

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएको छ।

कार्यकारी अध्यक्ष दाहाललाई भेट्न महासचिव पौडेल मंगलबार बिहान खुमलटार पुगेका थिए। 

शुक्रबारको सचिवालय बैठकमा अध्यक्ष दाहालले एकल राजनीतिक प्रस्ताव पेश गरेपछि नेकपाभित्रको विवाद झनै चर्किने देखिएको छ।

दुईअध्यक्षबीच समझदारी गर्नका लागि महासचिव पौडेलले दाहालसँग भेटवार्ता गरेको बुझिएको छ। भेटमा पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा नै छलफल भएको दाहालको सचिवालयले जनाएको छ।

बुधबार नेकपाको सचिवालय बैठक बस्दैछ। तर, प्रधानमन्त्री एवम् पार्टी अध्यक्षसमेत रहेका ओली शुक्रबारको बैठकमा दाहालले पेश गरेको राजनीतिक प्रस्तावलाई लिएर क्रुद्ध बनेका छन्। 
 
ओली पक्षले राजनीतिक प्रस्ताव फिर्ता नभएसम्म सचिवालय बैठक बस्न नसक्ने संकेत दिइसकेको छ। तर, दाहाल–नेपाल पक्ष भने जुनसुकै हालतमा निर्धारित सचिवालय बैठक बस्नुपर्ने अडानमा छ। 

बैठक सहमतिमै बस्नुपर्ने धारणा नेकपाका नेताहरुको छ। दुईअध्यक्षबीच देखिएको मतभिन्नताका विषयमा नै महासचिव पौडेलले आज बिहानै दाहाललाई भेटेर छलफल गरेका हुन्।

पार्टीभित्रको विवाद चुलिदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भेटघाट र छलफल तीव्र पारेका हुन्।

सचिवालय बैठकका प्रस्ताव पेश भएपछि प्रधानमन्त्रीले शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि छलफल गरेका थिए।

यसबीचमा उनले पार्टी उपाध्यक्ष बामदेव गौतमसँग आइतबार भेट गरेर छलफल गरेका छन्। सोही दिन वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि छलफल गरेका थिए।

छलफलमा नेताहरुले ओलीलाई सच्चिएर अघि बढ्न सुझाव दिएका थिए। छलफलकै क्रममा ओलीले सोमबार पूर्व माओवादी समूहका केही नेता र आफू निकटका नेताहरुसँग पनि छलफल गरेका थिए।

नेकपाभित्र देखिएको विवादले पार्टी विभाजनकै तहमा पुगेको आकंलन गर्न थालिएको छ। बुधबार सचिवालय बैठक राखिएकाले आज दिनभर नेताहरुले आन्तरिक छलफललाई तीव्र पार्ने देखिएको छ।

प्रकाशित: Nov 17, 2020| 06:09 मंगलबार, मंसिर २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।