काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट मुटुरोग विशेषज्ञ प्राध्यापक डाक्टर सुनील झाको मृत्यु भएको छ ।
त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा कार्यरत उनको सोमबार मृत्यु भएको अस्पतालले जनाएको छ ।
एक महिनाअघि कोरोना पुष्टि भएसँगै उनी त्रिवि शिक्षण अस्पतालमै उपचारत थिए । निमोनियाले ग्रसित उनको तीन सातादेखि भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो ।
६२ वर्षीय झाले एक वर्षपछि सेवाबाट अवकाश लिँदै थिए ।