मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मध्यरातमा कपनमा आगलागी : जलेर दाइको मृत्यु, बहिनी र भान्जा गम्भीर घाइते 

मध्यरातमा कपनमा आगलागी : जलेर दाइको मृत्यु, बहिनी र भान्जा गम्भीर घाइते 

 काठमाडौँको कपनस्थित बालुवाखानी चोकमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 
 |  मंगलबार, मंसिर २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २, २०७७

काठमाडौँ- काठमाडौँको कपनस्थित बालुवाखानी चोकमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

सोमबार राति नारायणबहादुर बस्नेतको घरमा आगलागी हुँदा नुवाकोट शिवपुरी गाउँपालिका–५ का कृष्णबहादुर तामाङको जलेर मृत्यु भएको हो । 

बस्नेतको घरको पहिलो तलामा डेरा गरी बस्ने तामाङको कोठाबाट आगो सल्किएको प्रहरीले जनाएको छ । मध्यरातमा आगलागी भएकाले समयमै निभाउन नसक्दा उनको जलेर मृत्यु भएको प्रहरीले बताएको छ । 

राति पौने १ बजेतिर आगलागी भएको हो । दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा दुई बजे तिर आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीमा परेर ३९ वर्षे कृष्णबहादुरलाई तिहारको टीका लगाउनका लागि नुवाकोटबाट आएकी उनकी बहिनी ३५ वर्षे विपना तामाङ र उनका छोरा ११ महिने दावा जलेर घाइते भएका हुन् ।

उनीहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । विपनाको शरीरको ३० प्रतिशत तथा दावाको १२ प्रतिशत भाग जलेको डाक्टरले जानकारी दिएका छन् ।

विद्युत सर्ट भएर आगलागी भएको बताइए पनि यकिन कारण नखुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित: Nov 17, 2020| 03:10 मंगलबार, मंसिर २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।