भैरहवा– भैरहवामा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।
भैरहवास्थित भीम अस्पतालमा उपचार गराइरहेका पश्चिम नवलपरासीको बर्दघाट १२ का ६३ वर्षीय पुरुषको मंगलबार विहान मृत्यु भएको हो।
अस्पतालका सूचना अधिकारी डा नारायण पोख्रेलका अनुसार गत कात्तिक २६ गते पीसीआर पोजिटिभ देखिएपछि उपचारका क्रममा रहेका उनलाई सोमबार राति हृदयघात भएको थियो।
हृदयघातपछि उचारको तयारी गर्ने क्रममै उनको उनको मृत्यु भएको अस्पतालले जनाएको छ।