मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देशैभर बढ्यो चिसो, सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अपिल

देशैभर बढ्यो चिसो, सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अपिल

तराई भू–भागमा बिहान पारदर्शितामा कमी हुँदा सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने अनुमान छ।   
 |  मंगलबार, मंसिर २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २, २०७७

कठमाडौं– जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानमा न्यूनतम तापक्रम घट्न सक्ने जनाएको छ। 

महाशाखाले तराई भू–भागमा बिहान पारदर्शितामा कमी हुँदा सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने अनुमान गर्दै  सतर्कता अपनाउन अनुरोध गरेको छ।   

मंगलबार प्रदेश २ र प्रदेश १ का तराई भू–भागमा सामान्य बदली रहेको र बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहेको पनि महाशाखाले जनाएको छ।  

आगामी तीन दिन अर्थात बिहीबारसम्म देशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। 

यद्यपि उच्च हिमाली जिल्लाहरुमा हिमपात सुरु भएकाले देशका अधिकांश क्षेत्रमा सोमबारबाट चिसो बढेको बताइएको छ।  

प्रकाशित: Nov 17, 2020| 01:37 मंगलबार, मंसिर २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।