मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हङकङको रेस्टुरेन्टमा मृत्यु हुने सात नेपालीको सनाखत, थप चारजनाको मृत्यु

हङकङको रेस्टुरेन्टमा मृत्यु हुने सात नेपालीको सनाखत, थप चारजनाको मृत्यु

हङकङमा नेपालीद्वारा सञ्चालित रेस्टुरेन्टमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ। मृत्यु हुने सबै नेपाली हुन्।
 |  मंगलबार, मंसिर २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २, २०७७

हङकङमा नेपालीद्वारा सञ्चालित रेस्टुरेन्टमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ। मृत्यु हुने सबै नेपाली हुन्।

मृतकमध्ये ७ जनाको सनाखत भएको छ। आगलागीमा मृत्यु हुनेमा ३८ वर्षीय युवराज कँडेल, १३ वर्षीया कृतिका कँडेल, ३५ वर्षीय राजबाबु नेपाल, ९ वर्षीय रियान नेपाल र ३९ वर्षीय शेरबहादुर गुरुङ रहेको सहारा हङकङले जानकारी दिएको छ।

यसैगरी ३२ वर्षीया अनिता निरौला र ४० वर्षीया विनिता तामाङको पनि मृत्यु भएको छ। ४ जनाको सनाखत हुन सकेको छैन।

अझै ७ जनाको उपचार भइरहेको र उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ। जिरे खुर्सानी नामक सो रेस्टुरेन्टमा आइतबार राति आगलागी भएको थियो।

तिहारको दिपावलीका साथै जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगलागी भएको बताइएको छ ।

प्रकाशित: Nov 17, 2020| 01:36 मंगलबार, मंसिर २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।