मंगलबार, भदौ १६, २०८३

बेलायतमा मनाइयो महाकविको जन्मजयन्ती

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औँ जन्मजयन्तीका अवसरमा लण्डनस्थित नेपाली राजदूतावासले साहित्य कार्यक्रम आयोजना गरेको छ।
 |  मंगलबार, मंसिर २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २, २०७७

काठमाडौं– महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औँ जन्मजयन्तीका अवसरमा लण्डनस्थित नेपाली राजदूतावासले साहित्य कार्यक्रम आयोजना गरेको छ।

तीन चरणमा सञ्चालित उक्त कार्यक्रममा बेलायतस्थित नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपाली भाषा तथा साहित्यको विकासमा बेलायतमा रहेका कवि तथा साहित्यकारहरुले पुर्याएको योगदानको चर्चा गरे।  

लण्डनस्थित स्कुल अफ ओरियन्टल एण्ड अफ्रिकन स्टडिजबाट विद्यावारिधि गरेर सो विश्वविद्यालयको  नेपाली एण्ड हिमालयन स्टडिज विभागमा रहेर नेपाली भाषा, साहित्यको अध्यापन गरी हाल अवकासप्राप्त डा माइकल हटले समग्र नेपाली साहित्यको विकासक्रमको चर्चा गरे। उनले नेपालका वरिष्ठ कवि तथा साहित्यकारको योगदानको चर्चा गर्दै उनीहरुका सिर्जनासमेत वाचन गरे। 

प्रा डा सूर्यप्रसाद सुवेदीले महाकवि देवकोटाले नेपाली भाषा तथा साहित्यमा पुर्याएको विशेष योगदानको चर्चा गरे। नेपाली साहित्य विकास परिषद् संयुक्त अधिराज्यका संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजंग शाहले बेलायतमा नेपाली साहित्यको विकास र विस्तारसम्बन्धी आफ्नो कार्यपत्र प्रस्तुत गरे। 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज संयुक्त अधिराज्यका अध्यक्ष लक्ष्मी राई (लारा)ले बेलायतमा नारी हस्ताक्षरहरुको विषयमा जानकारी गराए। कवि गोपी सापकोटाले बेलायतमा नेपाली साहित्यको वर्तमान अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरे। 

आईतबार सम्पन्न कार्यक्रममा बेलायतमा रहेका प्रतिनिधि नेपाली कवि तथा साहित्यकारहरुका रचनाहरु सम्मिलित डा दुबसु क्षेत्रीद्वारा सम्पादित ‘बेलायतमा नेपाली मुक्तक’ र ‘बेलायतमा नेपाली गजल’ तथा नेपालको सबैभन्दा पुरानो साहित्यिक मासिक पत्रिका ‘शारदा’को बेलायतमा नेपाली साहित्य विशेषांक १ र २ को लोकार्पण गरिएको थियो।

त्यस अवसरमा आयोजित काव्य गोष्ठीमा बेलायतलगायत युरोप तथा नेपालबाट समेत कवि तथा साहित्यकारहरुले कविता, गीत, मुक्तक वाचन गरेका थिए। साथै बेलायतमा रहेका बाँसुरी समूह र कलाकारहरु सेमन्त राई, भरत लोहारुङ र सुरेन्द्र इङ्नामले बाँसुरी वादन, कलाकारहरु डम्बरसिंह प्रयास तथा मनोज अञ्जानले सारङ्गी वादन एवं कलाकार प्रमोद शर्माले गायन प्रस्तुति गरेका थिए।  

प्रकाशित: Nov 17, 2020| 01:16 मंगलबार, मंसिर २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।