मंगलबार, भदौ १६, २०८३

हुम्लामा दुई  दिन लगातार हिमपात

हुम्लामा दुई दिन लगातार हिमपात भएको छ। हिमपातले यहाँ चिसो ह्वात्तै बढेको छ। 
 |  मंगलबार, मंसिर २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २, २०७७

हुम्ला– हुम्लामा दुई दिन लगातार हिमपात भएको छ। हिमपातले यहाँ चिसो ह्वात्तै बढेको छ। 

यो वर्ष जिल्लामा दोस्रोपटक हिमपात भएको हो। यसअघि कात्तिक १८ गते हिमपात भएको थियो।

जिल्लामा आइतबार र सोमबार दुई दिन लगातार हिमपात हुँदा चिसो बढेको स्थानीय राजबहादुर बोहराले बताए।

बिहानै तापक्रम माइनस सात डिग्री पुगेको छ। उत्तरी हुम्ला हिमपातले सेताम्मे भएको छ। 

हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढेको छ। 

मानिसहरु हिउँमा रमाउन थालेका छन्। आइतबार  बिहानै हिमपात हुँदा किसान खुशी भएका थिए। जेठासी बाली जौ, गहुँ र उवा छर्ने समयमा हिमपात हुँदा जोत्न सहज हुने भएपछि किसान खुशी भएका हुन्। 

सोमबार बिहानै हिमपात भएपछि किसानमा खुशीयाली छाएको स्थानीय कमल भण्डारीले बताए। लामो समय पानी नपरेकाले जमिन सुक्खा भएर जोत्न कठिन हुने चिन्ता लागेका बेला हिमपातले त्यसलाई सहज बनाउने भण्डारीले बताए। 

मंगलबार बिहानदेखि हुम्लाको मौसम सफा रहेको भए पनि हिमालहरु हिउँले सेताम्मे हुनुका साथै चिसो बढेको छ।  

प्रकाशित: Nov 17, 2020| 00:52 मंगलबार, मंसिर २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।