मंगलबार, भदौ १६, २०८३

वृद्ध र एकल महिलालाई मोबाइल र साडी

छठ पर्वका अवसरमा जनकपुरधामका एक वडाध्यक्षले एकल तथा वृद्ध महिलालाई साडी, कम्बल र मोबाइल वितरण गरेका छन्। 
 |  सोमबार, मंसिर १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १, २०७७

जनकपुरधाम- छठ पर्वका अवसरमा जनकपुरधामका एक वडाध्यक्षले एकल तथा वृद्ध महिलालाई साडी, कम्बल र मोबाइल वितरण गरेका छन्। 

जनकपुरधाम वडा नम्बर २ का अध्यक्ष शिवकुमार साहले छठको अवसर पारेर आफ्ना वडाका ७० जना वृद्धा तथा एकल महिलालाई मोबाइल, साडी, कम्बल, मास्क, सेनिटाइजर लगायतका सामग्री वितरण गरेका हुन्। 

यसका साथै अध्यक्ष साहले एक सयभन्दा बढी छठ व्रतालु महिलालाई साडी वितरण गरेका हुन्। 

अध्यक्ष साहले यसअघि आफूले पाएको तलबबाट वृद्ध महिला तथा एकल महिलालाई काठमाडौं लगायतका ठाउँमा भ्रमण गराएका थिए।  

वडाध्यक्ष साहले वृद्ध तथा एकल महिलालाई सेवा गर्दा आत्म सन्तुष्टिको साथै उनीहरुको आशीर्वाद समेत प्राप्त हुने भएकाले यस्ता कार्यक्रम आयोजना गर्दै आएको बताए। 

आगामी दिनमा पनि वृद्धा तथा एकल महिलालाई भ्रमणका साथै राहत कार्यक्रमममा निरन्तरता दिइने उनले बताए।

प्रकाशित: Nov 16, 2020| 14:44 सोमबार, मंसिर १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।