मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नीतिगत बहस गरौं, आरोपप्रत्यारोपमा नउत्रियौं : परराष्ट्रमन्त्री ज्ञवाली

नीतिगत बहस गरौं, आरोपप्रत्यारोपमा नउत्रियौं : परराष्ट्रमन्त्री ज्ञवाली

नेकपा स्थायी कमिटी सदस्य एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नीतिगत रुपमा बहस गर्न नेताहरुलाई आग्रह गरेका छन्।
 |  सोमबार, मंसिर १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १, २०७७

काठमाडौं-  नेकपा स्थायी कमिटी सदस्य एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नीतिगत रुपमा बहस गर्न नेताहरुलाई आग्रह गरेका छन्।

उनले आरोपप्रत्यारोप नगर्न पनि अनुरोध गरेका छन्।

उनले पार्टी एकता संकटमा रहे पनि एकताको रक्षा गर्ने प्रयास रहेको स्पष्ट पारेका छन्।

सोमबार साँझ ट्विट गर्दैै ज्ञवालीले भनेका छन्, 'पार्टी एकता अप्ठ्यारोमा छ, तर एकताको रक्षा गर्ने प्रयास पनि जारी छ । आशा छ, संकटका बादलहरू हटेर जानेछन्। ' उनले  एउटै डुंगामा रहेकाले भोलि कुनै घुम्तीमा अवश्य जम्काभेट हुने औंल्याएका छन्।

ज्ञवालीले लेखेका छन्, 'आहानै छ, खाना खाँदा पानी खाने ठाउँ बाँकी राख्नुपर्छ।'

प्रकाशित: Nov 16, 2020| 14:31 सोमबार, मंसिर १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।