मंगलबार, भदौ १६, २०८३

काभ्रेमा कोरोनाबाट एकै दिन तीन जनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट काभ्रेमा एकै दिन तीन जनाको मृत्यु भएको छ। 
 |  सोमबार, मंसिर १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १, २०७७

काभ्रे-  कोरोना भाइरस संक्रमणबाट काभ्रेमा एकै दिन तीन जनाको मृत्यु भएको छ। 

जिल्ला स्वास्थ्य  कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार मृत्यु हुनेमा पाँचखाल नगरपालिकाका ९१ वर्षीय पुरुष, बनेपा

नगरपालिकाका ७२ वर्षीय पुरुष र भक्तपुरका ७३ वर्षीय पुरुष छन्।  उनीहरुको अस्पतालमा उपचारको क्रममा सोमबार मृत्यु भएको हो ।

हालसम्म जिल्लामा कोरोना संक्रमणबाट ३२ पुरुष र १३ महिला गरी ४५ जनाको मृत्यु भएको छ। तीमध्ये १४ जना अन्य जिल्लाका छन्।

सोमबार मात्रै जिल्लाबाट २० जना ससंक्रमणमुक्त भर्इ घर फर्किएका छन्। यसैगरी विभिन्न स्थानमा गरी ११ नयाँ संक्रमित थपिएका छन्।

थपिएकामा  बनेपा नगरपालिकामा ६, धुलिखेल नगरपालिकामा एक , पनौती नगरपालिकामा दुई  र नमोबुद्ध नगरपालिकामा दुई जना छन्।

हालसम्ममा जिल्लामा दुई हजार २४३ जनामा संक्रमण देखिएकोमा एक हजार ७०३ जना निको भइसकेका छन्। सक्रिय संक्रमितको संख्या भने ५०९ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।रासस
 

प्रकाशित: Nov 16, 2020| 13:28 सोमबार, मंसिर १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।