मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना उपचारमा ९५ प्रतिशत प्रभावकारी भ्याक्सिन तयार भएको दाबी

कोरोना उपचारमा ९५ प्रतिशत प्रभावकारी भ्याक्सिन तयार भएको दाबी

फाइजर भ्याक्सिनभन्दा मोडेर्ना स्टोर गर्न सजिलो हुने दाबी गरिएको छ। 
 |  सोमबार, मंसिर १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १, २०७७

काठमाडौं-  कोरोना भाइरस उपचारमा ९५ प्रतिशत प्रभावकारी भ्याक्सिन तयार भएको अमेरिकी कम्पनी मोडेर्नाले सोमबार जनाएको छ। 

कम्पनीले आजको दिनलाई महान् भन्दै अब यो भ्याक्सिन प्रयोगमा ल्याउन चाँडै नै अनुमतिका लागि निवेदन दिने भएकाे छ। 

यो भ्याक्सिनले महामारी अन्त्य गर्ने विश्वास कम्पनीको छ। 

कम्पनीको यो प्रारम्भिक विवरण भएकाले यसका विभिन्न प्रश्नहरु भने अनुत्तरित नै रहेको बीबीसीले उल्लेख गरेको छ। 

फाइजर भ्याक्सिनभन्दा मोडेर्ना स्टोर गर्न सजिलो हुने दाबी गरिएको छ। 

मोडेर्नाको खोप भण्डारण गर्न यसअघि आएको फाइजरको खोपभन्दा सहज हुने देखिन्छ।

यसलाई माइनस २० डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म स्थिररूपमा भण्डारण गर्न सकिन्छ अनि सामान्य फ्रिजमा एक महिनासम्म राख्न सकिन्छ। फाइजरको खोपलाई भने माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने थियो।

नयाँ भ्याक्सिन परीक्षण अमेरिकाका ३० हजार मानिसमा गरिएको थियो। 

यसअघि फाइजरले ९० प्रतिशतभन्दा बढी प्रभावकारी भ्याक्सिन बनाउन सफलता मिलेको दाबी गरेको थियो।

प्रकाशित: Nov 16, 2020| 13:11 सोमबार, मंसिर १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।