विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा २७० जना कोरोना संक्रमित थपिएका छन्।
मोरङमा ११२, सुनसरीमा ९७, झापामा २९, उदयपुरमा ८, पाँचथरमा ५, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, इलाम र खोटाङमा एक–एक र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मोरङको विराटनगरमा ५८, बुढीगंगामा १४, उर्लाबारीमा आठ, लेटाङमा सात, सुन्दरहरंैचामा ६, पथरीशनिश्चरेमा पाँच, रतुवामाई र कटहरीमा तीन–तीन, रंगेली र बेलबारीमा दुई–दुई, कानेपोखरी, ग्रामथान, जहदा र सुनबर्षीमा १–१ जनामा संक्रमण देखिएको छ।
सुनसरीको इटहरीमा ६४, धरानमा ११, बराहक्षेत्रमा सात, दुहवीमा पाँच, रामधुनी र इनरुवामा चार–चार, बर्जु र गढीमा एक–एक, झापाको कमल गाउँपालिकामा ६, दमक, अर्जुनधारा र गौरादहमा पाँच–पाँच, बिर्तामोड र हल्दिबारीमा दुई–दुई, गौरीगन्ज, मेचीनगर, भद्रपुर र शिवसताक्षीमा एक–एक जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
उदयपुरको त्रियुगामा ६, बेलका र चौदण्डीगढीमा एक–एक, पाँचथरको फाल्गुनन्दमा तीन, हिलिहाङ र स्थानीय तह नखुलेका एक–एक, ताप्लेजुङको आठराई त्रिवेणीमा एक, संखुवासभाको मादीमा एक, तेह्रथुममा एक, इलाममा एक, खोटाङको साकेलामा एक र प्रदेश एक बाहिरका १४ जनामा संक्रमण देखिएको छ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या २४ हजार २० पुगेको छ।
प्रदेश १ मा सोमबार १९७ जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट १९५ र कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा २ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार १२८ पुगेको छ।
प्रदेश १ मा सोमबार ५८८ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये ९५ महिला र १७५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म एक लाख ७९ हजार ९३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।