मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट मृत्यु हुनेको संख्या १२३० पुग्याे, थप ११९७ जना संक्रमित

कोरोनाबाट मृत्यु हुनेको संख्या १२३० पुग्याे, थप ११९७ जना संक्रमित

पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणबाट नौ जनाको मृत्यु भएको छ।
 |  सोमबार, मंसिर १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणबाट नौ जनाको मृत्यु भएको छ।

योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार २३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

मन्त्रालयका अनुसार आज एक हजार १९७ जना कोरोना संक्रमित थपिएका छन्। 

पछिल्लो २४ घण्टामा दुई हजार ९३४ जना संक्रमणमुक्त भएका छन्।

अहिलेसम्म कोरोना संक्रमितको संख्या दुई लाख १० हजार ७३ पुगेको छ भने निको हुनेको संख्या एक लाख ७६ हजार ३६४ पुगेको छ। 

नेपालमा ३३ हजार ३७९ जना सक्रिय संक्रमित छन्। 

प्रकाशित: Nov 16, 2020| 11:27 सोमबार, मंसिर १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।