मंगलबार, भदौ १६, २०८३

चिसो बढेसँगै उत्तरी गोरखामा हिमपात सुरु

उत्तरी गोरखामा आइतबारदेखि भीषण हिमपात पर्न सुरु भएको छ।
 |  सोमबार, मंसिर १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १, २०७७

गोरखा-  उत्तरी गोरखामा आइतबारदेखि भीषण हिमपात सुरु भएको छ। मौसममा बदली आएसँगै ल्हो, सामागाउँ, चुम्चेत र छेकम्पारमालगायतका क्षेत्रमा हिमपात सुरु भएको सामागाउँका स्थानीयवासी मिङ्मार लामाले जानकारी दिए।

हिमपात पर्न सुरु भएसँगै जनजीवन प्रभावित हुन थालेको उनले बताए। “हिमपातसँगै चिसो पनि बढ्न थालेको छ”, लामाले भने, “दैनिक घरायसी कामकाजमा समेत समस्या हुन थालेको छ।”

उनले  हिमपातका कारण माथिल्लो क्षेत्रमा करु र गहुँ लगाउने काम रोकिएको जानकारी दिए।

“मानिसहरु आवतजावत गर्न, विकास निर्माणका काम गर्न, खच्चडबाट समान दुवानी गर्न पनि समस्या भएको छ”, लामाले भने, “हिमपातका कारण आवासीय रुपमा सञ्चालनमा रहेका विद्यालयहरु समेत चलाउन कठिनाइ भएको छ।”

अहिले प्रोकभन्दा माथिल्लो क्षेत्रमा हिमपात परेको चुमनुव्री गाउँपालिका—१ का वडाध्यक्ष बीरबहादुर लामाले बताए। हिमपातका कारण लार्केपास र रुइला नाका जानेबाटो समेत अवरुद्ध भएको छ। –रासस

प्रकाशित: Nov 16, 2020| 09:48 सोमबार, मंसिर १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।