मंगलबार, भदौ १६, २०८३

पैँयुथन्थापमा आगलागी हुँदा १० लाखको क्षति

बागलुङको जैमिनी नगरपालिका ९ पैँयुथन्थापमा आइतबार साँझ आगलागी हुँदा एक घरगोठ जलेर नष्ट भएको छ। 
 |  सोमबार, मंसिर १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १, २०७७

बागलुङ– बागलुङको जैमिनी नगरपालिका ९ पैँयुथन्थापमा आइतबार साँझ आगलागी हुँदा एक घरगोठ जलेर नष्ट भएको छ। 

पैँयुथन्थापका ललितादेवी सर्कीनीको घर र सोही ठाउँमा बस्ने मनबहादुर नेपालीको गोठ जलेको हो। ढुंगा माटोले बनेको कच्ची घरगोठ जलेका हुन्। 

ललिताको घरमा विद्युत चुहिएर लागेको आगोले छेवैमा रहेको गोठसमेत जलाएको स्थानीयले बताए। आगलागीबाट घरमा रहेका लत्ता कपडा, अन्नपात सबै जलेका छन्। केही नगद र गरगहनासमेत जलेको पीडित सर्कीनीले बताइन्।  

साँझको समयमा घरमा आगलागी भएकाले मानिसहरु  भने भागेर ज्यान जोगाउन सफल भएको  प्रहरीले जनाएको छ। 

स्थानीयवासीको सक्रियतामा आगो निभाइएको थियो।  गोठमा रहेका पशु चौपायलाई समेत दाम्लो काटेर जोगाइएको स्थानीय बबिन शर्माले बताए। उनका अनुसार घरगोठ जल्दा करिब १० लाखको क्षति भएको छ।

प्रकाशित: Nov 16, 2020| 05:19 सोमबार, मंसिर १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।