मंगलबार, भदौ १६, २०८३

कालिज र बन्दुकसहित पाँच शिकारी पक्राउ 

म्याग्दीको बेनी नगरपालिका ४ मा हतियार र कालिजसहित पाँच शिकारी पक्राउ परेका छन्। 
 |  सोमबार, मंसिर १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १, २०७७

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका ४ मा हतियार र कालिजसहित पाँच शिकारी पक्राउ परेका छन्। 

थामडाँडाको अर्जे खोलाको जंगलमा वन्यजन्तु चोरी शिकारी गर्ने उनीहरुलाई भरुवा बन्दुक र कालिजसहित आइतबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। 

प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बेनी नगरपालिका ४ थामडाँडाका ४९ वर्षीय पूर्ण गुरुङ, २० वर्षीय सन्दीप गुरुङ, २५ वर्षीय सन्तोष गुरुङ, ३६ वर्षीय सकबहादुर गुरुङ र २१ वर्षीय सञ्जय गुरुङलाई पक्राउ गरिएको जानकारी दिए।  

रातको समयमा जङ्गलमै पक्राउ परेकाहरुको साथबाट कालिज र एक थान एक नाले भरुवा बन्दुकसमेत बरामद गरिएको प्रहरी निरीक्षक चौधरीले बताए। 

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनीहरु विरुद्ध वन्यजन्तुको अवैध चोरी शिकारी र अवैध हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा चलाउने प्रहरीले जनाएको छ। 

वन्यजन्तुको चोरी शिकारी हुने गरेको गोप्य सूचनाका आधारमा प्रहरीले विशेष टोली परिचालन गरेको थियो। 

प्रकाशित: Nov 16, 2020| 05:08 सोमबार, मंसिर १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।