मंगलबार, भदौ १६, २०८३

हुम्ला-जुम्लामा हिमपात, काठमाडौंको आकाश धुम्म

हिउँ परेपछि कृषक भने खुसी भएका छन्। लामो समयदेखि वर्षा नहुँदा समस्यामा परेका कृषकलाई हिमपातले राहत मिलेको छ। 
 |  सोमबार, मंसिर १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १, २०७७

काठमाडौं- हिमाली जिल्ला हुम्ला र जुम्लामा हिउँ पर्न थालेको छ। कात्तिकको अन्तिम दिन हिजो आइतबारदेखि नै त्यहाँ हिमपात सुरु भएको हो। दुवै जिल्लाका उच्च हिमाली क्षेत्रमा एक फिटभन्दा बढी हिउँ जमिसकेको बताइएको छ। 

हिमपातका कारण तापक्रम माइनसमा झरेको र जाडो निकै बढेको स्थानीयले बताएका छन्। जुम्ला सदरमुकाम खलंगा र हुम्ला सदरमुकाम सिमकोटमा हिमपातका कारण हवाई यातायात प्रभावित भएको छ। 

हिउँ परेपछि कृषक भने खुसी भएका छन्। लामो समयदेखि वर्षा नहुँदा समस्यामा परेका कृषकलाई हिमपातले राहत मिलेको छ। 

यसैबीच, काठमाडौं उपत्यकामा पनि चिसो बढेको छ। आज बिहानैदेखि आकाश धुम्म छ। पश्चिमी वायुको प्रभावका कारण यस्तो भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार अहिले देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई थोरै स्थानहरुमा वर्षा र हिमपात भइरहेको छ। साथै प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली हुनुका साथै बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।

भोलि मंगलबार देशको पहाडी भूभागमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ।

प्रकाशित: Nov 16, 2020| 04:25 सोमबार, मंसिर १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।