मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हङकङको एक रेष्टुरेन्टमा आगलागी हुँदा सात जना नेपालीको निधन

हङकङको एक रेष्टुरेन्टमा आगलागी हुँदा सात जना नेपालीको निधन

आइतबार राति हङकङको याउमातेइमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा आगलागी हुँदा सात जना नेपालीको निधन भएको छ। 
 |  सोमबार, मंसिर १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १, २०७७

काठमाडौं– आइतबार राति हङकङको याउमातेइमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा आगलागी हुँदा सात जना नेपालीको निधन भएको छ। 

नेपालीले सञ्चालन गरेको रेष्टुरेण्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको हो। बागलुङ समाज हङकङका आजीवन सदस्य राज कँडेलको छोराको जन्मदिन मनाउने क्रममा दुर्घटना भएको बताइएको छ।  

मृत्यु हुनेमा नौ वर्षीय बालकसहित चार पुरुष र तीन महिला भएको बताएको छ। तर उनीहरुको परिचय भने खुल्न सकेको छैन।  

साउथ चाइना मर्निंगको समाचारअनुसार ठूलो संख्यामा अन्य नेपाली घाइते भएका छन्। नेपालीले अनुमति नलिएर सञ्चालन गरिरहेको रेष्टुरेण्टमा आगलागी भएको जनाइएको छ।

हङकङको  याउमातेइस्थित कटन रोड एण्ड सेंगन स्ट्रीटस्थित भवनमा आगलागी भएको समाचारमा जनाइएको छ।  

घाइतेहरुको अस्पतालमा उपचार भइरहेको र दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ।  घटनामा पर्ने अधिकांस बागलुङ जिल्लाका रहेको बताइएको छ। 

प्रकाशित: Nov 16, 2020| 04:03 सोमबार, मंसिर १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।