मंगलबार, भदौ १६, २०८३

कागेश्वरी पुस्तकालयमा देवकोटा, अर्याल र विकलको शालिक

कागेश्वरी मनोहरा नगरपालिकास्थित कागेश्वरी पुस्तकालयको प्राङ्गणमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, हास्य शिरोमणि भैरव अर्याल र आख्यान शिरोमणि रमेश विकलको पूर्णकदको शालिक निर्माण भएको छ। 
 |  सोमबार, मंसिर १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १, २०७७

काठमाडौं–कागेश्वरी मनोहरा नगरपालिकास्थित कागेश्वरी पुस्तकालयको प्राङ्गणमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, हास्य शिरोमणि भैरव अर्याल र आख्यान शिरोमणि रमेश विकलको पूर्णकदको शालिक निर्माण भएको छ। 

देवकोटाको शालिक एक वर्षअघि नै तयार गरिए पनि अर्याल र विकलको शालिक हालै तयार गरिएको हो। ११२ औँ लक्ष्मी जयन्तीका अवसरमा साहित्यकार एवं नेपाल कम्युनिष्ट पार्टीका नेता प्रदीप नेपालले तीनै स्रष्टाको शालिकमा माल्यार्पण गरे। 

कागेश्वरी पुस्तकालयको व्यवस्थापन र आयोजनामा भएको कार्यक्रममा नेता नेपाल, प्रतिनिधिसभाका सदस्य कृष्ण राई, वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापालगायतले पुस्तकालयमा तीन स्रष्टाको शालिक स्थापना भएपछि साहित्यिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए।  

स्मारकको निर्माणको परिकल्पना मन्त्री फुयाँलले गरेका हुन्।  प्रदेश सरकारबाट आर्थिक वर्ष  ०७५–७६ मा ४० लाख विनियोजन गरेर शान्ति उद्यान र देवकोटा शालिक निर्माण सुरु गरिएको थियो। आर्थिक वर्ष २०७६–७७ मा २९ लाख विनियोजन गरेर बाँकी दुई साहित्यकारको शालिक निर्माण गरिएको हो। 
   

प्रकाशित: Nov 16, 2020| 02:20 सोमबार, मंसिर १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।