मंगलबार, भदौ १६, २०८३

पटका विवादमा झडप हुँदा २४ जना घाइते

पटाका पड्काएको विषयमा विवाद हुँदा आइतबार साँझ धनुषाको नगराइन नगरपालिकामा झडप भएको छ। झडपमा २४ जना घाइते भएका छन्।
 |  आइतबार, कात्तिक ३०, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ३०, २०७७

जनकपुरधाम-  पटाका पड्काएको विषयमा विवाद हुँदा आइतबार साँझ धनुषाको नगराइन नगरपालिकामा झडप भएको छ। झडपमा २४ जना घाइते भएका छन्।

नगराइन नगरपालिका ७ लवटोली गाउँमा भएको झडपमा  २४ घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।  झडपमा घरमा समेत तोडफोड गरिएको छ। घाइते सबैको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ।

शनिवार दीपावली मनाउने क्रममा एक पक्षले पटाका पड्काएपछि अर्को समुदायका व्यक्तिले विरोध गरेका थिए। सोही निहुँमा आइतबार झडप भएको प्रहरीको भनाइ छ। 

झडपका क्रममा दुवै पक्षबाट लाठी र घरेलु हतियार प्रयोग भएको स्थानीयले बताएका छन्। घरेलु हतियारहरुको प्रयोग भएका कारण घाइतेको संख्या बढी हुन सक्‍ने  बताइएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख रमेश कुमार बस्नेतका अनुसार विवाद मिलाउन प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रसहितको टोली घटना स्थलमा खटिएका छन्। 

प्रकाशित: Nov 15, 2020| 14:43 आइतबार, कात्तिक ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।