मंगलबार, भदौ १६, २०८३

पटका पड्काउने ४१ जना प्रहरी नियन्त्रणमा

मोरङ प्रहरीले पटका पड्काउने ४० जनालाई नियन्त्रणमा लिएको छ।
 |  आइतबार, कात्तिक ३०, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ३०, २०७७

विराटनगर– मोरङ प्रहरीले पटका पड्काउने ४१ जनालाई नियन्त्रणमा लिएको छ। शनिबार साँझ मोरङका विभिन्न स्थानबाट ४१ जनालाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईले बताए।

सम्भावित आगजनी तथा अन्य घटना रोकथाम तथा नियन्त्रणका लागि  पटका किक्रीवितरण, ओसारपसार एवम पड्काउन निरुत्साहित गरिरहेको अवस्थामा  पटका, आतिसबाजी लगायत पटकाजन्य पदार्थ पड्काई समाजमा शान्ति सुरक्षामा खलल पु¥याउने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको डीएसपी राईले बताए। 

यसैबीच प्रहरीले विराटनगर ३ भट्टा चौकबाट पटका बिक्रीवितरण गर्दै आएका एक जनालाई आइतबार बिहान पक्राउ गरेको छ।

सप्तरी छपकी–४ राजविराजका ३५ राधेश्याम साहले किराना पसलमा पटका बिक्री गरिरहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले साहसँगै उनको किराना पसलबाट  चकलेट बम ५ प्याकेट, झिरझिरे पाँच प्याकेट, फुलझरी १२ थान, चक्रे सात पिस र खोर्सानी बम ३८ प्याकेट नियन्त्रणमा लिएको छ।
 

प्रकाशित: Nov 15, 2020| 12:11 आइतबार, कात्तिक ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।