विराटनगर– मोरङका अलगअलग स्थानमा भएका आगलागीमा ७० लाख बढीको क्षति भएको छ।
शनिबार राति विराटनगर १० ट्राफिक चोकमा दिनेश अग्रवालको फेन्सी पसलमा आगलागी ६० लाख बढीको क्षति भएको छ।
फेन्सी कपडा, फर्निचरको सामान जलेर नष्ट हुँदा ६० लाख बराबरको सामान जलेर नष्ट भएको प्रहरीले बताएको छ।
शनिबार राती विराटनगर ९ बसपार्कमा सिरक डसना बनाउने घरमा आगलागी आठ लाख बराबरको क्षति भएको छ।
बेलबारी ३ की मल्लिकको कोठामा आइतबार विहान आगलागी हुँदा एक लाख बराबरको क्षति भएको छ।
आगलागीबाट फर्निचर, टिभी, फ्रिज लगायतका सामग्री जलेर नष्ट भएको छ।
विराटनगर ४ राजवंशी चोककी कमला कोइरालाको बाँस र टिनको छानो भएको बाख्राको खोर जलेर पूर्ण रुपमा क्षति भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईले बताए।