विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा १५३ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुने सबै होम आइसोलेसनका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ९३१ पुगेको छ।
प्रदेश १ मा आइतबार ८५ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा २९, सुनसरीमा २४, ताप्लेजुङमा सात, तेह्रथुम र धनकुटामा ६–६, झापामा पाँच, इलाममा चार, उदयपुरमा एक र प्रदेश १ बाहिरका तीन जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मोरङको विराटनगरमा १८, सुन्दरहरैंचा, रंगेली र बुढीगंगामा दुई दुई, उर्लाबारी, सुनबर्षी र बेलबारीमा एक–एक र स्थानीय तह नखुलेका दुई, सुनसरीको धरानमा १०, इटहरीमा ६, इनरुवा र हरिनगरमा दुई–दुई, बराहक्षेत्र, बर्जु, देवानगन्ज र दुहवीमा एक–एक जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।
ताप्लेजुङको फुङलिङमा पाँच, पाथीभरा र श्रीजंगामा एक–एक, तेह्रथुमको म्याङलुङमा ६, धनकुटाको महालक्ष्मीमा पाँच र साँघुरीगढीमा एक, झापाको दमक र बिर्तामोडमा दुई–दुई र स्थानीय तह नखुलेका एक, इलामको माईजोगमाईमा चार, उदयपुरमा एक र प्रदेश १ बाहिरका तीन जनामा संक्रमण देखिएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या २३ हजार ७५० पुगेको छ।
प्रदेश १ मा आइतबार ४२६ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये ३३ महिला र ५२ पुरुषको रिपोर्ट पाजेटिभ आएको हो।
हालसम्म एक लाख ७८ हजार ५०५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।