काठमाडौं– सर्लाहीमा छिमेकीको हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
२८ वर्षीय अजय पासवानलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा मलंगवा नगरपालिका–६ खुटौना बस्ने ३६ को विनोद पासवानलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।
विनोदले धारिलो हतियार प्रहार गर्दा अजयको मृत्यु भएको जानकारीपछि प्रहरी चौकी खुटौना र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।