मंगलबार, भदौ १६, २०८३

४० रोपनीकाे कमलपाेखरी अतिक्रमण भई  १८ रोपनीमा सीमित

पोखरीको आसपासमा बनेका ठूला भवन तथा कार्यालयले त्यसको सौन्दर्यमा कमी आएको छ
 |  आइतबार, कात्तिक ३०, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ३०, २०७७

काठमाडौं-  काठमाडौं महानगरपालिका–१ मा पर्ने ऐतिहासिक कमलपोखरी जीर्ण भएको हुँदा संरक्षणका लागि मर्मत भइरहेको छ। 

स्थानीय तहको नेतृत्वमा कमलपोखरी स्पोर्टस क्लबलगायत संस्थाका समन्वयमा मर्मत तथा संरक्षणका काम गरिएको छ। 

कामपा–१ का वडाध्यक्ष भरतलाल श्रेष्ठले गत असार मसान्तभित्र जीर्णद्धार सक्नुपर्नेमा कोभिड–१९ को महामारीको प्रभावका कारण समय सीमाभित्र काम नसकिएको बताए। 

विभिन्न क्लबले केही वर्षदेखि पोखरीमा माछापालन गरी आन्तरिक पर्यटकलाई आकर्षित गर्दै आएको क्लबले व्यावसायिक रुपमा माछा बिक्री गरी आउने पैसालाई आम्दानीको स्रोत बनाएको छ।

स्थानीय विकास तथा सामाजिक कार्य सञ्चालन गरेको क्लबले स्थानीय तहमा विभिन्न खेलकूदको विकास गरेको छ। लकडाउनको अवधिमा आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई विभिन्न खाद्य सामग्री सहयोग गरेको क्लबका अध्यक्ष भीमसेन मैनालीले जानकारी दिए। 

पोखरीको आसपासमा बनेका ठूला भवन तथा कार्यालयले त्यसको सौन्दर्यमा कमी आएको छ। पोखरीको नाममा करिब ४० रोपनी क्षेत्रफल रहेको भए पनि विभिन्न समयमा अतिक्रमण भई अहिले १८ रोपनीमा सीमित छ। 

स्थानीय समाजसेवी अरुणसिंह केसीले लामो समयसम्म स्थानीय तहको निर्वाचन नभएकाले पोखरीको आवश्यक संरक्षण हुन नसकेको बताउँदै केही वर्ष अगाडि वरवपरबाट बगेर आएको ढल पोखरीमा संकलन भई वरपर दुुर्गन्ध फैलिएपछि स्थानीयवासी र क्लबको समन्वयमा सरसफाइ गरी केही व्यवस्थित बनाइएको जानकारी दिए। रासस

प्रकाशित: Nov 15, 2020| 10:14 आइतबार, कात्तिक ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।