मंगलबार, भदौ १६, २०८३

दरबार हाइस्कुलका शिक्षकलाई ल्यापटप र मोबाइल

ऐतिहासिक दरबार हाइस्कुल (भानु र संस्कृत मावि) मा वैकल्पिक माध्यमबाट पठपाठनमा सहज होस भनेर जनता क्लब अफ काठमाडौंले शनिबार ल्यापटप र मोबाइल हस्तान्तरण गरेको छ।
 |  आइतबार, कात्तिक ३०, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ३०, २०७७

काठमाडौं– ऐतिहासिक दरबार हाइस्कुल (भानु र संस्कृत मावि) मा वैकल्पिक माध्यमबाट पठपाठनमा सहज होस भनेर जनता क्लब अफ काठमाडौंले शनिबार ल्यापटप र मोबाइल हस्तान्तरण गरेको छ। 

सो क्लवले दुवै विद्यालयका शिक्षकले अनलाइन कक्षामा प्रयोग गर्ने गरी करिब १२ लाख बराबरको जम्मा २० थान ल्यापटप र ४० थान मोबाइल प्रदान गरेको हो। 

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईको उपस्थितिमा सो क्लबका अध्यक्ष सीमा गोल्छाले विद्यालयको नवनिर्मित भवनमा आयोजित कार्यक्रममा ती सामग्री हस्तान्तरण गरेकी हुन्।  

सो अवसरमा मन्त्री भट्टराईले ऐतिहासिक  विद्यालयमा नयाँ भवन बनेकामा बधाई दिँदै शिक्षालाई विद्यमान विषम स्थितिमा पनि वैकल्पिक माध्यमबाट पठनपाठनमा निरन्तरता दिनका लागि प्राप्त सामग्री उपयोगी हुने बताए। 

प्राज्ञ डा देवी नेपालले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्तीका अवसरमा देवकोटाको व्यक्तित्वबारे प्रकाश पारे। सोही अवसरमा विद्यालयले आयोजना गरेको काठमाडौं जिल्लास्तरीय माध्यमिक तहका विद्यार्थीका लागि गरिएको अनलाइन निबन्ध प्रगियोगिताका विजयीलाई पुरस्कार वितरण गरिएको थियो। 

काठमाडौँ महानगरपालिका २७ का वडाध्यक्ष चिनीयामान बज्रायार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाग्मती प्रदेशका प्रदेशसभा सदस्य वसन्त मानन्धरले विद्यालयलाई शुभकामना व्यक्त गरे। 

विनासकारी भूकम्पबाट ध्वस्त सो विद्यालयमा चीन सरकारले बनाइदिएको नयाँ आधुनिक भवन यही कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गरिएको थियो। 

नयाँ भवनमा प्रयोगशाला र कम्प्युटर ल्याब उपलब्ध भए पनि हालको विषम स्थितिमा अनलाइन कक्षाका लागि ल्यापटप र मोबाइलको आवश्यकता परेको संस्कृत माविका प्रधानाध्यापक शिवराज अधिकारीले बताए। 

प्रकाशित: Nov 15, 2020| 01:23 आइतबार, कात्तिक ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।