मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल सम्वतमा प्रधानमन्त्रीको सन्देश- 'मौलिक परम्परा हाम्रो पुँजी हो'

नेपाल सम्वतमा प्रधानमन्त्रीको सन्देश- 'मौलिक परम्परा हाम्रो पुँजी हो'

आजबाट नेपाल सम्वत् ११४१ सुरु भएको छ । यसै अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गरेका छन् ।
 |  आइतबार, कात्तिक ३०, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ३०, २०७७

काठमाडौं– आजबाट नेपाल सम्वत् ११४१ सुरु भएको छ । तिथीअनुसार भाइटिकाको अघिल्लो दिन नेपाल सम्वत्को नयाँ वर्ष सुरु हुन्छ । 

शंखधर साख्वाःले ऋणमा डुबेर दासत्वको जीवन बिताइरहेका सर्वसाधारणहरुलाई ऋणबाट मुक्त बनाई स्वतन्त्रता दिलाउनु भएको दिनलाई प्राचीन कालदेखि नेपाल सम्बतका रुपमा मनाइँदै आएको छ ।

यस्तै नेवार समुदायले आजैको दिन म्ह पूजा मनाउने गरेका छन् । आज घर घरमा आफ्नो शरिरको आफैले पूजा गरेर नेवार समुदायले म्ह पूजा मनाउने छन् । 

म्ह पूजा र नेपाल सम्वत्को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गरेका छन् ।

शुभकामना सन्देशमा उनले एकता मार्फत् नै समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न सफल हुने उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले सन्देशमा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट बच्न विशेष सतर्कता अपनाउँदै नेपाल सम्वत् लगायत पर्व मनाउन विशेष आह्वान समेत गरेका छन् । 

उनले बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताायुक्त नेपाली समाज सुदृढ राष्ट्रिय एकताको जगमा उभिएको जनाउँदै यहाँका विविधतायुक्त मौलिक परम्परा सिंगो राष्ट्रका साझा पूँजीका रुपमा अङ्कित रहेको उल्लेख गरे ।

“एकताको यस राष्ट्रिय पूँजीलाई हामीले मुलुक निर्माणको आधारस्तम्भका रुपमा आत्मसात् गरेका छौं,” उनले सन्देशमा भनेका छन्, “ हाम्रा सांस्कृतिक विविधतालाई विग्रह र द्वन्द्वको अवसरका रुपमा दुरुपयोग गर्न बेलाबेला भएका दुष्प्रयासहरुलाई पनि हामीले आपसी एकताद्वारा पराजित गर्दै राष्ट्रिय एकता, स्वाधीनता, स्वतन्त्रता र राष्ट्रिय अखण्डताको रक्षा गर्दै आएका छौं ।”

नेपाल सम्वत्को यस अवसरमा प्रधानमन्त्री ओलीले काठमाडौँ उपत्यकामा तत्कालीन समाज सुधारका नेतृत्वकर्ता तथा नेपाल सम्बतका प्रवर्तक शंखधर साख्वाःको विशेष स्मरण गर्नु भएको छ ।

प्रकाशित: Nov 15, 2020| 01:00 आइतबार, कात्तिक ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।