मंगलबार, भदौ १६, २०८३

कोरोनाबाट धरानमा १९ वर्षीया युवतीको मृत्यु 

कोरोना भाइरसको संक्रमणबाट सुनसरीको बराहक्षेत्र नगरपालिका ५ की एक युवतीको धरानमा उपचारका क्रममा मृत्यु भएको छ।
 |  आइतबार, कात्तिक ३०, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ३०, २०७७

धरान-  कोरोना भाइरसको संक्रमणबाट सुनसरीको बराहक्षेत्र नगरपालिका ५ की एक युवतीको धरानमा उपचारका क्रममा मृत्यु भएको छ।

धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा १९ वर्षीया सङ्क्रमित युवतीको मृत्यु भएको हो । 

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार, पाँच दिनअघि सुत्केरी भएकी उनलाई शुक्रबार मात्र कोभिड अस्पताल भर्ना गरिएको थियो । 

शुक्रबारै उनको कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । शनिबार उपचारको क्रममा उनको मृत्यु भएको हो । 

यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ ।  

प्रकाशित: Nov 15, 2020| 00:40 आइतबार, कात्तिक ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।