मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाहाललाई ईश्वर पोखरेलको प्रश्न- 'पार्टी फुटाउनै खोजेको हो ?’

दाहाललाई ईश्वर पोखरेलको प्रश्न- 'पार्टी फुटाउनै खोजेको हो ?’

उपप्रधानमन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलले सचिवालय बैठकमा प्रस्तुत प्रस्ताव फिर्ता लिन दाहाललाई आग्रह गरेका छन्।
 |  शनिबार, कात्तिक २९, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २९, २०७७

काठमाडौं- सचिवालय बैठकमा  कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुल गरेको राजनीतिक प्रतिवेदनका कारण नेकपाको विवाद थप उत्कर्षमा पुगेको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली निकटका नेताहरुले प्रतिवेदन पार्टी भित्रको विवाद थप उचाल्ने गरी आएको भन्दै तिखो टिप्पणी गरीराखेका छन् । शुक्रबारको सचिवालयको बैठकमा दाहालले प्रतिवेदन पेश गरेपछि ओली पक्षीय नेताहरु रुष्ट बनेका हुन्।

पार्टीका प्रथम अध्यक्ष एवम् प्रधानमन्त्रीमाथी गम्भीर आरोप लगाएर एकल रुपमा प्रस्ताव ल्याइएको भन्दै उनीहरुले उक्त प्रस्ताव फिर्ता लिनुपर्ने बताइरहेका छन्।

उपप्रधानमन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलले सचिवालय बैठकमा प्रस्तुत प्रस्ताव फिर्ता लिन दाहाललाई आग्रह गरेका छन्।

‘प्रचण्डले पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अत्यन्त संगीन आरोपहरू लगाउनु भएको छ,’ उनले लेखेका छन्,‘ प्रस्तावका रूपमा प्रस्तुत यी संगीन आरोपहरू २६ भदौं २०७७ मा सम्पन्न स्थायी कमिटीको सर्वसम्मत निर्णयविरूद्ध र पार्टी एकताको भावनाविरूद्ध छन्।’

सहमतीका साथ अघि बढ्नुपर्ने पार्टी एकता गर्दा स्वीकार गरिएका आधार र मान्यता विपरित कि तँ छैनस कि म छैन भन्ने अत्यन्त असन्तुलित र दुराग्रहपूर्ण ढंगले अघि सारिएको उनको आरोप छ।

‘दुराग्रहका साथ प्रस्तुत ती प्रस्तावहरू फिर्ता लिएर एकता प्रकृयालाई निष्कर्षमा पुर्‍याउन अघि बढ्ने कि दुर्भाग्य निम्त्याउने ?' उनले प्रश्न गरेका छन्।

प्रचण्ड कमरेडले मात्र नभइ नेकपा भित्रका सबैले यसको छिनोफानो गर्नैपर्ने उनले बताएका छन्।

शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि दर्जनौं गम्भीर आरोप लगाउँदै पार्टी एकतादेखि अहिलेसम्म भएका कमीकमजोरीसहितको लिखित दस्ताबेज पेश गरेका थिए । 

प्रकाशित: Nov 14, 2020| 14:15 शनिबार, कात्तिक २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।