मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपति र प्रधानमन्त्रीबीच शीतलनिवासमा भेटवार्ता

राष्ट्रपति र प्रधानमन्त्रीबीच शीतलनिवासमा भेटवार्ता

सत्तारुढ नेकपाभित्र विवाद तीव्र भइरहेका बेला शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।
 |  शनिबार, कात्तिक २९, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २९, २०७७

काठमाडौं-  सत्तारुढ नेकपाभित्र विवाद तीव्र भइरहेका बेला शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।

शीतलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच करिब एक घण्टा छलफल भएको बताइएको छ। तर, के विषयमा छलफल भयो भन्ने खुलेको छैन। बालुवाटार स्रोतका अनुसार राष्ट्रपतिसँग प्रधानमन्त्रीको यो नियमित भेटवार्ता हो।

मुलुकको पछिल्लो राजनीतिक अवस्था र नेकपाभित्र देखा परेको संकटका बारेमा कुराकानी भएको हुन सक्ने बुझिएको छ। 

नेकपाभित्र देखा परेको विवाद समाधानमा राष्ट्रपतिले पनि पटकपटक चासो व्यक्त गर्दै आएकी छन्। केही दिनअघि उपाध्यक्ष वामदेव गौतमलाई बोलाएर विवाद समाधानमा भूमिका खेल्न आग्रह गरेकी थिइन्।

शुक्रबार बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले एकल राजनीतिक प्रस्ताव पेस गरेपछि ओली पक्ष रुष्ट बनेको छ। 

ओलीविरुद्ध अनेकौं प्रश्नसहित प्रस्ताव पेस भएपछि अब कसरी अघि बढ्ने भन्ने रणनीति बनाउन ओली पक्षीय नेताहरु लागेका छन्।
प्रधानमन्त्री ओली निकटका नेताहरुले दाहालले ल्याएको उक्त प्रस्ताव फिर्ता गर्नुपर्ने प्रतिक्रिया दिइरहेका छन्।

प्रकाशित: Nov 14, 2020| 13:56 शनिबार, कात्तिक २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।