काठमाडौं– काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ।
सबैभन्दा बढी काठमाडौंमा २९९ जनाको निधन भएको छ। भक्तपुरमा ७६ र ललितपुरमा ८४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार देशभर आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार २१५ पुगेको छ।
काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या १९ हजार ६१६ छ। जबकि देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ४५२ छ।
काठमाडौंमा ६१ हजार ३७९ कोरोनामुक्त भएका छन् यस्तै भक्तपुरमा पाँच हजार ६६२ र ललितपुरमा आठ हार ७३२ जना कोरोनामुक्त भएका छन्।
यस्तै काठमाडौंमा ७७ हजार ६४५, भक्तपुरमा सात हजार ४४ र ललितपुरमा ११ हजार १६२ जनामा कोरोना संक्रमण भएको छ।
गत २४ घण्टामा काठमाडौं उपत्यकामा ८३५ जना कोरोना संक्रमित थपिएका छन्।