मंगलबार, भदौ १६, २०८३

 नेपाल संसारकै सुन्दर देश : कतारी राजकुमार

संस्कृति, पर्यटन  तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अमादब्लम हिमालको आरोहण गरी स्वदेश फर्किन लागेका कतारका राजकुमार सेख मोहम्मद विल अब्दुल्लालाई बधाई तथा सम्मान गरेका छन्। 
 |  शनिबार, कात्तिक २९, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २९, २०७७

काठमाडौं-  संस्कृति, पर्यटन  तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अमादब्लम हिमालको आरोहण गरी स्वदेश फर्किन लागेका कतारका राजकुमार सेख मोहम्मद विल अब्दुल्लालाई बधाई तथा सम्मान गरेका छन्। 

यहाँ शनिबार आयोजित कार्यक्रममा मन्त्री भट्टराईले कोभिड–महामारीबीच राजकुमार अब्दुल्लाले हिमाल आरोहण गरी नेपालको पर्यटन क्षेत्रमा उत्साह जगाएकामा कृतज्ञता व्यक्त गर्दै राजकुमारसहितको आरोही टोलीलाई मायाको चिनो प्रदान गरी बधाई दिए।

उनले पर्यटकीय गतिविधि क्रमशः चलायमान हुँदै गएकाले अब छिट्टै नेपालको पर्यटन पुरानै लयमा फर्किने विश्वास व्यक्त गरे। 

मन्त्री भट्टराईले भने, “दुई विशिष्ट व्यक्तिको हिमाल आरोहणले नेपालको पर्यटन क्षेत्रमा उत्साह जगाएको छ। यो असाध्यै खुसीको कुरा हो। अब बिस्तारै नेपालको पर्यटन पुरानै लयमा फर्किँदै छ। त्यसैले विदेशी पाहुनालाई स्वास्थ्य मापदण्ड पालना गरी नेपाल भ्रमणमा आउन आग्रह गर्दछु।”

राजकुमारसहित १३ सदस्यीय टोलीले यही कात्तिक २६ गते बिहान ११ः२० बजे ६ हजार ८१४ मिटर अग्लो अमादब्लमको सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ।

उक्त आरोहण अमादब्लम हिमालमा शरद् ऋतुको पहिलो  थियो। राजकुमारसहितको आरोही टोलीमा ६ आरोही सदस्य थिए।

त्यसमा केही अमेरिकी र क्यानडाली पनि सहभागी थिए। उक्त आरोहणमा म्यारेट मेडिसिनको नेतृत्वमा ६ विदेशी र आठ नेपाली सहभागी थिए।

सन् २००९ देखि नेपाल आएका राजकुमार अब्दुल्लाको यो आठौं भ्रमण हो। सन् २०१३ मा सगरमाथा आरोहण गरेका उनी तीन पटक सो हिमालको आधार शिविर पुगेका थिए। 

नेपालका अन्य पर्यटकीय गन्तव्यको स्वाद लिएका अब्दुल्लाले नेपालको प्राकृतिक सुन्दरता र आतिथ्य सत्कारबाट आफू प्रभावित रहेको जनाउँदै नेपाल विश्वकै सुन्दर देश भएकाले फेरि पनि नेपाल आउने चाहना प्रकट गरे। उनी आइतबार स्वदेश फर्कने जनाइएको छ। रासस

प्रकाशित: Nov 14, 2020| 12:54 शनिबार, कात्तिक २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।