विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६२५ जना कोरोनामुक्त भएका छन्। होम आइसोलेसनबाट ६२२ र न्युरो अस्पताल विराटनगरबाट तीन जना डिस्चार्ज भएका हुन्। प्रदेशमा हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ७७८ पुगेको छ ।
प्रदेश १ मा शनिबार २३१ जना कोरोना संक्रमित थपिएका छन्। झापामा १०३, मोरङमा ८६, सुनसरीमा ३३, इलाममा तीन, तेह्रथुममा दुई, उदयपुरमा एक र प्रदेश १ बाहिरका तनी जना छन्।
झापाको दमकमा ४६, कनकाईमा १८, झापा गाउँपालिकामा ११, बिर्तामोडमा १०, भद्रपुरमा सात, मेचीनगरमा चार, हल्दिबारीमा दुई, बुद्धशान्ति, बाह्रदशी, गौरादह, अर्जुनधारा र कमल गाउँपालिकामा एकएक जना संक्रमित थपिएका छन्।
मोरङको विराटनगरमा ६३, रतुवामाईमा ६, कटहरीमा चार, रंगेलीमा तीन, उर्लाबारीमा दुई, ग्रामथानमा, बेलबारी, मिक्लाजुङ, सुन्दरहरैचामा एकए र स्थानीय तह नखुलेका चार जनाको रिपोर्ट पोजेटिभ आएको छ।
सुनसरीको धरानमा २२, इटहरीमा ६, बराहक्षेत्र, इनरुवा र कोसी गाउँपालिकामा एकए र स्थानीय तह नखुलेका दुई जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
इलामको चुलाचुलीमा दुई, इलाममा एक, तेह्रथुमको म्याङलुङमा दुई, उदयपुरको त्रियुगामा एक र प्रदेश १ बाहिरका तीनजनामा संक्रमण देखिएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या २३ हजार ६६५ पुगेको छ।
प्रदेश १ मा शनिबार ७२५ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये १०५ महिला र १२६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म १ लाख ७८ हजार ७९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।