शुक्रबार, फागुन २९, २०८२

पाकिस्तानमा दैनिक एघार वटा बलात्कारका घटना

पाकिस्तानमा बलात्कारका घटना औसतमा दैनिक ११ ओटा हुने गरेको पाइएको छ।
 |  शनिबार, कात्तिक २९, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २९, २०७७

इस्लामाबाद- पाकिस्तानमा बलात्कारका घटना औसतमा दैनिक ११ ओटा हुने गरेको पाइएको छ।पछिल्लो छ वर्षमा प्रहरी कार्यालयमा बलात्कार सम्वन्धी २२ हजार ओटा विवरण दर्ता भएको अधिकारीहरुले जनाएका छन्।  

National life

ती मध्ये ७७ ओटा अर्थात् ०।३ प्रतिशत घटनामा मात्रै मेलमिलाप भएको जिओ न्युले समाचार सम्प्रेषण गरेको छ। यो विवरण पाकिस्तानको प्रहरी, कानुन तथा न्याय आयोग, मानवअधिकार आयोगलगायतका निकायहरुले तयार पारेका हुन्।
 
प्रहरीका अनुसार ४१ प्रतिशत घटना मात्रै दर्ता हुने गरेका छन्। सामाजिक अवस्था र पारिवारिक कारणले गर्दा बलात्कारसम्बन्धी घटना सार्वजनिक नहुने र दर्ता पनि नहुने गरेको प्रहरी अधिकारीहरुको अनुभव छ। 

सामाजिक दबाब र कानुनी केही कमजोरीका कारण बलात्कारका घटना धेरै हुने गरेको र दोषीमाथी कारबाही कम हुने गरेको उनीहरुले बताउने गरेका छन्। 
सन् २०१५ देखि अहिलेसम्म २२ हजार ३७ ओटा बलात्कारसम्बन्धी घटना दर्ता भएको सरकारी अधिकारीहरुले जनाएका छन्। ती मध्ये चार हजार ६० उजुरी अझै पनि कारबाही कै चरणमा रहेका छन्। 

प्रहरीले घटना भएका सबै दर्ता भएको भए पाँच बर्षमा त्यसको संख्या झण्डै ६० हजार पुग्ने अनुमान गरेको छ।  कुल दर्ता भएका उजुरीमध्ये १२ प्रतिशत घटना मात्रै अदालतसम्म पुग्ने गरेको प्रहरी अधिकारीहरुको भनाइ छ। रासस

प्रकाशित: Nov 14, 2020| 08:51 शनिबार, कात्तिक २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।