मंगलबार, भदौ १६, २०८३

धनुषामा महिलामाथि एसिड प्रहार, श्रीमान् पक्राउ 

धनुषामा एक २६ वर्षीया महिलामाथि एसिड प्रहार गरिएको छ। 
 |  शनिबार, कात्तिक २९, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २९, २०७७

जनकपुरधाम– धनुषामा एक २६ वर्षीया महिलामाथि एसिड प्रहार भएको छ। 

जनकपुरधाम उपमहानगरपालिका-७ जानकी नगरका सुवोध साहकी २६ वर्षीया छोरी आरती साहमाथि शनिबार बिहान करिब साढे ९ बजे एक युवकले एसिड प्रहार गरेका हुन्।  

एसिड प्रहारबाट घाइते भएकी आरतीलाई अहिले जनकपुरको जानकी हेल्थकेयरमा भर्ना गरिएको छ। उनको मुहार  र छातीको भाग एसिडले जलेको  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए।

‘एसिड प्रहाले उहाँको शरीरको २० प्रतिशत भाग जलेको छ’, मिश्रले भने। 

युवतीमाथि एसिड प्रहार गरेको आरोपमा घाइते आरतीकै श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।  

एसिड प्रहार गरेको आरोपमा प्रहरीले युवतीका २७ वर्षीय श्रीमान सञ्जीव साहलाई जनकपुरधाम उपमहागरपालिका वड़ा नम्बर ४ संकटमोचन स्कुल नजिक डेराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी मिश्रले जानकारी दिए। 

घटनाको केही समय नबित्दै प्रहरीले सञ्जीवलाई पक्राउ गरेको हो। तीन वर्षअघि विवाह भएका उनीहरुबीच सम्बन्ध राम्रो नभएकै कारण उनी माइतीमा बस्दै आएकी थिइन्। 

पक्राउ परेका सञ्जीवलाई केही बेरमा सार्वजनिक गर्ने धनुषाका प्रहरी नायब उपरीक्षक मिश्रले बताए।

प्रकाशित: Nov 14, 2020| 06:34 शनिबार, कात्तिक २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।