मंगलबार, भदौ १६, २०८३

फुड्सिलमा रहेको हेलो नेपालको टावरमा आगजनी

डोटीको बोगटान फुड्सिल गाउँपालिका ५ धिर्कामाण्डौंस्थित हेलो नेपालको टावरमा आगजनी भएको छ। 
 |  शनिबार, कात्तिक २९, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २९, २०७७

डोटी– डोटीको बोगटान फुड्सिल गाउँपालिका ५ धिर्कामाण्डौंस्थित हेलो नेपालको टावरमा आगजनी भएको छ। 

धुरालेक सामुदायिक वन भित्र रहेको निर्माणाधीन सो टावरमा गएराति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए। 

प्रहरीका अनुसार आगजनीबाट टावरको सोलार पाता, जाली, चार्जगर्ने १२ वटा भोल्टा ब्याट्री जलेको छ। कनेक्सन बक्स टावरभन्दा कम्तिमा पनि १० मिटर तल फालेको अवस्थामा भेटिएको छ। 

आगजनी कसले गर्यो भन्ने खुलेको छैन् । घटनाका बारेमा आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। 

आगजनीका कारण लाखौं मूल्य बराबरको नोक्सानी भएको प्रहरीको प्रारम्भीक अनुमान छ।

प्रकाशित: Nov 14, 2020| 06:26 शनिबार, कात्तिक २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।