मंगलबार, भदौ १६, २०८३

तीन फरार अभियुक्त पक्राउ

चितवन राष्ट्रिय निकुञ्जमा सिसौको काठ र बँदेलको बच्चा चोरीनिकासी गरेका तीन फरार अभियुक्त पक्राउ परेका छन्।
 |  शनिबार, कात्तिक २९, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २९, २०७७

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा सिसौको काठ र बँदेलको बच्चा चोरीनिकासी गरेका तीन फरार अभियुक्त पक्राउ परेका छन्। उनीहरुलाई भरतपुर महानगरपालिकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो। 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ परेकामा भरतपुर २४ बस्ने निमा भन्ने नेमा घलान, भरतपुर २८ का फुर्के कुमाल भन्ने गणेश कुमाल र सोही ठाउँका गिर्जा कुमाल भन्ने प्रितम कुमाल रहेका छन्। 

घलानलाई मध्यवर्ती क्षेत्रबाट अवैध रुपमा बँदेलको बच्चा चोरी निकास गरेको अभियोगमा २० हजार जरिवाना र ६० दिन कैद फैसला भएको छ। 

विसं ०७४ जेठ १९ गते दायर मुद्दामा ०७६ असार ३० गते फैसला भएको थियो। मुद्दाका चारजना अभियुक्तमध्ये उनी फरार रहँदै आएका थिए। उनलाई शुक्रबार पक्राउ गरिएको हो। 

त्यसैगरी  कुमालद्वयलाई अवैधरुपमा सिसौंको काठ चोरीनिकासी गरेको अभियोगमा ३४ हजार ४२९ जरिवाना र ३० दिन कैद फैसला भएको थियो। 

विसं ०७३ असोज १९ गते दायर मुद्दामा ०७६ असार २६ गते फैसला भएको थियो। मुद्दाका सातजना अभियुक्तमध्ये चारजना फरार थिए। तीमध्ये दुईजना पक्राउ परेका हुन्। उनीहरुलाई कात्तिक १८ गते पक्राउ गरिएको हो। 

एक वर्षभन्दा कम सजाय हुने मुद्दा निकुञ्ज आफैँले पेस गर्ने गर्दछ। पक्राउ परेकाहरुलाई जिल्ला कारागार भरतपुर चलान गरिएको छ। 

प्रकाशित: Nov 14, 2020| 06:00 शनिबार, कात्तिक २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।