काठमाडौं- कोरोना भाइरस संक्रमित चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको उपचारको व्यवस्था सरकारले व्यहोर्ने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही बेर अघि ट्विट गर्दे डा. केसीको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताएका हुन्। उनले डा. केसीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।
डा. केसीलाई लक्षण देखिएपछि पीसीआर गर्दा परीक्षणको नतिजा शुक्रबार पोजेटिभ आएको थियो।
केसीलाई रुघाखोकीका साथै ज्वरो आएको छ। उनलाई श्वासप्रश्वासमा समेत समस्या देखिएको बताइएको छ।
केसी शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन्। उनको थप स्वास्थ्य परीक्षण भइरहेको छ।