मंगलबार, भदौ १६, २०८३

उपत्यकामा सांस्कृतिक कार्यक्रम गर्न प्रशासनको रोक

काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा देउसी–भैली र अन्य कुनै पनि सांस्कृतिक कार्यक्रम गर्न रोक लगाइएको छ।  
 |  शनिबार, कात्तिक २९, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २९, २०७७


काठमाडौं– काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा देउसी–भैली र अन्य कुनै पनि सांस्कृतिक कार्यक्रम गर्न रोक लगाइएको छ।  

उपत्यकाका काठमाडौं, ललितपुर भक्तपुर जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस संक्रमणको महामारीलाई कारण देखाउँदै यस्तो रोक लगाएका हुन्। 

कोरोना स.क्रमणको उच्च जोखिम भएकाले  तिहार, छठ तथा नेपाल संवतलगायतका चाडतिहार मनाउँदा  कुनै पनि सांस्कृतिक कार्यक्रम आयोजना नगर्न तीनै जिल्लाको प्रशासनले निर्देशन जारी गरेको हो।  

प्रशासनले देउसी, भैलीलगायत समूहमा गरिने कुनै पनि सांस्कृतिक कार्यक्रम नगर्न र पटाका पडकाउने, आतिसवाजी गर्ने काम नगर्न पनि सूचना जारी गरेका छन्।  थप संक्रमण  फैलिन नदिन त्यस्तो निर्णय गरिएको प्रशासनको भनाइ छ। 

प्रकाशित: Nov 14, 2020| 03:27 शनिबार, कात्तिक २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।