मंगलबार, भदौ १६, २०८३

विश्वकप छनोटमा उरुग्वेको सहज जित

फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकाको छनोट खेलमा उरुग्वेले सहज जित निकालेको छ।
 |  शनिबार, कात्तिक २९, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २९, २०७७

काठमाडौं– फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकाको छनोट खेलमा उरुग्वेले सहज जित निकालेको छ।

शनिबार बिहान सम्पन्न खेलमा उरुग्वेले कोलम्बियालाई उसकै घरेलु मैदान मेट्रोपोलिटानोमा ३–० गोल अन्तरले हराएको हो।

जितका लागि एडिसन काभानीले खेलको पाँचौ मिनेटमा सुरुवाती गोल गरे। उनले एन नान्डेजको पासमा गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका हुन्।

उनको गोलसँगै पहिलो हाफमा पाहुना टिम एक गोलले अघि रह्यो। त्यस्तै, दोस्रो हाफको ५४ औं मिनेटमा लुइस सुआरेजले पेनाल्टीमार्फत् गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए।

७३ औं मिनेटमा लुकास टोरियाले दिएको पासलाई सदुपयोग गर्दै ४६ औं मिनेटमा मैदान पसेका नान्डेजले टोलीका लागि अन्तिमा गोल गरे।

यता कोलम्बियाका फारवार्ड हामेस रोड्रिग्वेज गोलबिहीन बने भने डिफेन्डर येरि मिन खेलको अन्तिम मिनेटमा डबल याल्लो कार्ड खाँदै बाहिरिए।
 

प्रकाशित: Nov 14, 2020| 02:46 शनिबार, कात्तिक २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।