मंगलबार, भदौ १६, २०८३

महेन्द्रनगरमा आंशिक रुपमा म्युजियम सञ्चालनमा

क्याप्टेन बेद उप्रेती ट्रष्टले कञ्चनपुरको महेन्द्रनगरमा ‘स्टेच्यू अफ सिद्धनाथ बाबा’ र म्युजियम परिसर शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ। 
 |  शनिबार, कात्तिक २९, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २९, २०७७

महेन्द्रनगर– क्याप्टेन बेद उप्रेती ट्रष्टले कञ्चनपुरको महेन्द्रनगरमा ‘स्टेच्यू अफ सिद्धनाथ बाबा’ र म्युजियम परिसर शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ। 

ट्रष्टका सञ्चालक क्याप्टेन बेद उप्रेतीले स्टेच्यू अफ सिद्धनाथबाबा र म्युजियम परिसर सर्वसाधारणका लागि खुला गरेको बताए। कोरोना महामारीका कारण म्युजियम भने अझै सञ्चालनमा ल्याइएको छैन। उनले भने, ‘लकडाउन र महामारीले सञ्चालन समयमा गर्न सकेनौं। अझै पूर्ण सञ्चालनमा समय लाग्छ।’

उनले पछिल्लो समय म्युजियम परिसरमा फोटो खिच्ने, टिकटक बनाउने क्रम बढेपछि निर्माणाधीन म्युजियम बाहेक स्टेच्यू अफ सिद्धनाथाबाबा र म्युजियम परिसर खुला गरेको बताए। 

उनले भने, ‘अवस्था ठिक भए सबै सेवा नियमित गर्नेछौं।’ परिसर बाहिर स्टेच्यू अफ सिद्धनाथाबाबा, स्वीमीङ पुल, नौ धारा, हेलिकोप्टर र सुदूर पश्चिमका पर्यटकीय स्थलहरुका हवाई चित्रहरु रहेका छन्।  भित्र अप्स एण्ड डाउन, थ्रिडी र ईलुजन कक्ष छन्। 

यसले विद्यार्थीलाई प्रेरणा, सिद्धनाथ बाबाको दर्शन पश्चात पाईने सन्तुष्टि, युवाहरुलाई थ्रि डी र अप्स एण्ड डाउनको आकर्षण र गर्मीमा नौ धारासहितको स्वीमीङ पुल र हेलिकोप्टर भित्र बसी जो कोहीले खिच्न पाउने फोटोग्राफको अवसरले यो संरचना सुदूरपश्चिमको आर्कषक पर्यटकीय स्थल बन्ने बताए।  

सो संरचनाका लागि क्याप्टेन उप्रेतीकी आमा सरस्वती र क्याप्टेन स्वयंले ट्रष्टका लागि जग्गा दान गरेका छन्। जग्गाको मूल्य तीन करोड र  म्युजियमको निर्माणमा चार करोड समेत गरी सात करोडको लागतमा म्युजियम बनेको हो। 

जग्गा दान र म्युजियम बनाउन हौसला प्रदान गर्ने आमा सरस्वतीको उक्त परिसर भित्र शालिक बनाइएको पनि उप्रेतीले जनाएका छन्।

ट्रष्टले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सो स्थलमा प्रवेश निशुल्क गरेको छ। अन्यको हकमा प्रवेश शुल्क ५० निर्धारण गरिएको छ। म्युजियम पूर्ण रुपमा सञ्चालनमा आईसकेपछि भने विद्यार्थीलाई १०० र अन्यका लागि १५० प्रवेश शुल्क निर्धारण हुनेछ। 

ट्रष्टले यसअघि धनगढी र काठमाण्डौंमा म्युजियम सञ्चालनमा ल्याइसकेको छ।
 

प्रकाशित: Nov 14, 2020| 02:13 शनिबार, कात्तिक २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।