काठमाडौं– सशस्त्र प्रहरी बल नेपालका ३८ जना प्रहरी निरीक्षक प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन्।
सशस्त्र प्रहरी बल नेपालको शुक्रबार बसेको बढुवा समिति बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो।
बढुवामा सिफारिस हुने सबैजना २०६२ सालमा भर्ना भएका प्रहरी निरीक्षक हुन्।
सशस्त्र प्रहरी बलमा लामो समयदेखि बढुवा हुन सकेको थिएन्।